Rule 3B
संरचना हस्तान्तरण गर्नु पर्ने
(१) ऐन तथा यस नियमावली बमोजिम ट्रृष्टको सम्पत्ति लिजमा लिने पक्षले सम्झौता बमोजिम तयार गरेका: संरचना वा सम्पत्ति लिज अवधि समाप्त भएपछि ट्रृष्टको कार्यालयलाई हस्तान्तरण गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम संरचना वा सम्पत्ति हस्तान्तरण नगरेमा ट्रृष्टको कार्यालयले त्यस्तो संरचना वां सम्पत्ति लिज अवधि समाप्त भएपछि स्वतः हस्तान्तरण भएको मानी ट्रृष्टको आम्दानीमा लगत बाँच्नु पर्नेछ।